स्थानियतह संग सहकार्य गरेर जाने कृषि विकास निर्देशनालयका प्रमुख जोशीको भनाई

Sayalb

तेजु ओली /डोटी
बिउ उत्पादन तथा बजार प्रवद्र्धन गर्नका लागी स्थानीय तह संग सहकार्य गरेर जाने कृषि विकास निर्देशनालय का प्रमुख यज्ञ राज जोशीले बताएका छन् । आर्थिक बर्ष २०७७र७८को प्रदेश स्तरीय बीउ उत्पादन तथा बजार प्रवद्र्धन अन्तरक्रिया कार्यक्रम मा बोल्दै उक्त कुरा बताउनुभएको हो। बिउ बिजनमा नै सरकारको खर्बौ बजेट बाहिर जाने गरेकाले त्यो बजेट रोक्नका लागि पनी स्थानीय तह र कृषि ग्यन केन्द्र ले सहकार्य गरेर जानु पर्ने बताउनु भयो। आवश्यक बजेट भौतिक पुर्वाधार को लागि स्थानीय तहले सहयोग गर्नु पर्ने र बिउविजन का लागि आवश्यक प्राविधिक सहयोग किर्षि निर्देशनालय ले गर्ने उहाले बताउनुभयो।
उक्त कार्यक्रम मा बोल्दै दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी ले बिउका लागि बजेट बिनियोजन गर्ने आस्वासन दिनुभएको थियो।कृषकले पनि परमपरागत रुपमा राख्दै आएको बिउ बिजनलाइ थप आधुनिक करण गरी राख्नु पर्ने बताउनु भयो।
बिभिन्न ९ वटै स्थानिय तहले राखेको प्रस्तुति करण मा आवश्यक लगानी को कमि,युबापलायन ,वजारी करण को अभाव, इमान्दार कृषकको अभाव रहेको बताएका थिय । कृषि ग्यन केन्द्र डोटी का प्रमुख नरेन्द्र पनेरु ले बोल्दै बिउ बास्लातको ब्याबस्था गर्नु पर्ने , प्रदेश भरी दररेटको ब्याबस्थापन गर्ने हो भने कृषि क्षेत्रमा परिबर्तन गर्न सक्ने बताउनुभयो ।
हाइब्रिड बिउलाइ थप जन स्थर सम्म पुर्याउनका लागि कृषि विकास निर्देशनालय को आयोजना मा जिल्ला समन्वय समिति डोटी का प्रमुख राम बहादुर एैर को प्रमुख अतिथि निर्देशनालय का निर्देशक यगे राज जोशी को अध्यक्षमा दिपायल मा आयोजित कार्यक्रममा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका कृषि ग्यन केन्द्र का प्रमुख पाँचवटा स्थानीय तहका प्रमुख को सहभागिता रहेको थियो।
सथै उक्त कार्यक्रम मा बोल्दै निर्देशक जोसी ले काम गर्ने तिब्र इच्छा भए धेरै नियम कानुन ले नबाधने भएकाले मातहतका कर्मचारीलाई लाइ जनताको मनो भाबना अनुसार कृषक संग नजिकै भएर स्थानीय तह संग समन्वय गरेर काम गर्न निर्देशन समेत दिनु भएको थियो।

Shaileshwori
Loading...