प्रदेश १ मा प्रचण्ड–नेपाल समूहका मन्त्रीहरुले आज राजीनामा दिँदै
नेकपाको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएपछि अब प्रदेश सभामा पनि त्यसको असर परेको छ । नेकपाका दुबै समुह प्रदेशमा आफ्नो पक्षमा पल्लाभारी बनाउन लागिपरेका छन् । तर मुख्यमन्त्रीहरुले भने केन्द्रमा देखिएको विवादले प्रदेश सरकारमा असर नपार्ने बताएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले प्रतिनिधिसभा विघटनको असर प्रदेशमा नपर्ने दावी गर्नुभयो । यसैबीच, प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राइले आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गर्नुभएको छ । प्रचण्ड–नेपाल पक्षका मन्त्रीहरुले हिजो राजीनामा दिने तयारी गरिरेहका बेला मुख्यमन्त्री राइले हिजै उहाँलाई पदमुक्त गर्नुभएको हो ।
मन्त्रीबाट पदमुक्त भएपछि आङ्बोले अब मुख्यमन्त्री विरुद्ध अविश्वसको प्रस्ताव दर्ता गराउने बाटो खुलेको भन्दै प्रचण्ड–नेपाल समूहका सबै मन्त्रीहरुले आजै राजीनामा बुझाउने पनि जानकारी गराउनुभयो ।