प्रतिनिधिसभा विघटन विरूद्ध प्रदर्शन, ओली गणतन्त्रविरोधी भएको जसपा नेता डा. भट्टराईको आरोप

प्रतिनिधिसभा विघटन गरिएको विरोधमा राजधानी काठमाडौँ लगायत मुलुकका बिभिन्न स्थानमा आज पनि विरोध प्रदर्शन भएको छ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली गणतन्त्रविरोधी भएको आरोप लगाउनुभएको छ । जसपाको काठमाडौंमा जारी सरकारविरुद्धको प्रदर्शनमा सम्बोधन गर्दै नेता भट्टराईले यस्तो बताउनुभएको हो ।

Sayalb

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीले काठमाडौँको माइतीघर मण्डलामा सिठ्ठी सिटी जुलुस निकालेका हुन् ।

माइतीघर मण्डलाबाट सुरु भएको विद्यार्थीहरूको जुलुस नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । संसद् विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह, जनवर्गीय संगठनहरु र काँग्रेस, जनता समाजवादीलगायत पार्टी आन्दोलनमा छन् । पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको थियो ।

Shaileshwori
Loading...