पत्रकार शंकर थापालाई मातृशोक, प्रेस सङ्गठन डोटी द्वारा शोक ब्यक्तब्य जारी 

डोटी : पत्रकार शंकर थापालाई मातृ शोक गरेको छ ।  नेपाल पत्रकार महासङ्घ डोटी अछाम शाखाका संस्थापक अध्यक्ष जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगर निवासी, पत्रकार  थापाकी आमा कलसीदेबी थापाको ८१ वर्षको उमेरमा मङ्गलवार साँझ निधन भएको हो । स्वास्थ्य अवस्था समान्य रहेकी उनको एक्कासि घरमै रहेको अवस्थामा मृत्यु भएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
डोटी जिल्लाको अग्रज पत्रकार थापा हाल अमेरिका बस्दै आएका छन् । पत्रकार थापाकी आमाको निधन भएको खबर प्रति प्रेस सङ्गठन नेपाल डोटी शाखाले शोक वक्तव्य जारी गरेको छ ।  प्रेस सङ्गठन डोटीका संयोजक कर्ण चन्द र सह–संयोजक नवराज जोशीले संयुक्त रूपमा शोक वक्तव्य जारी गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
Sayalb
Shaileshwori
Loading...