वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । कोटेश्वरस्थित पेरिसडाँडामा बसेको पुष्पकमल दाहाल प्रचण्ड –माधव नेपाल समूहका प्रदेश सांसदहरुको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको नेता चुनेको हो ।

Sayalb

सोही समूहले यसअघि वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो । नेकपामा प्रधानमन्त्री केपी ओलीले संघीय संसद विघटन गरेपछि प्रदेश तहमा पनि एकले अर्को पक्षलाई कार्वाही गर्ने र पदबाट हटाउने अभियान तीब्र बनेको छ । १ सय १० सदस्यीय प्रदेश सभामा प्रचण्ड–नेपाल समूहका ४६ र ओली समूहमा ३४ जना सांसद रहेको दावी गरिएको छ ।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका २२ जना सांसद छन् । बहुमतका लागि ५६ सांसद आवश्यक पर्ने भएकाले दाहाल–नेपाल समूहलाई थप १० सांसद आवश्यक पर्छ ।

Shaileshwori
Loading...