सशस्त्रका ६ जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) बढुवामा सिफारिस भएका छन् । हिजो गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ६ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले डिआइजीका लागि बढुवा सिफारिस गरेको हो ।

Sayalb

बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपीहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्बाङ रहेक छन् ।

सशस्त्र प्रहरीका आइजिपी र एआइजी सदस्य–सचिव हुने समितिले बढुवाका लागि सिफारिस गरेको यसमा चित्त नबुझ्नेहरूले ७ दिनभित्र उजुरी गर्न सकिने समेत मन्त्रालयले जानकारी दिएको छ ।

Shaileshwori
Loading...