प्रचण्ड – माधव समूहद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं : संसद विघटनको विरोधमा नेकपा प्रचण्ड – माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटन पछि सडकमा आएको प्रचण्ड माधव समूहले नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपासँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर काँग्रेस नेतृत्वले केन्द्रीय कार्य समिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा चासो नदेखाएपछि नेकपाको यो समुह एक्लैले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

प्रचण्ड–माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक अंगहरुलाई दबावमा राखेर काम गर्ने स्थिति नहोस् भनेर खबरदारी गर्ने बताउनुभयो । आज पत्रकार सम्मेलन गरी यो समुहले पुस २० देखि माघ २३ गते सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । घोषित कार्यक्रममा प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिनेदेखि सबै तहमा प्रदर्शन गर्नेसम्म छन् ।

Sayalb

२४ पुसमा सबै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने प्रचण्ड माधव समूहले बताएको छ । पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने, पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन गर्ने पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया गर्ने रहेको छ ।

२३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया गर्ने, २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम तथा २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला जस्ता कार्यक्रम रहेका छन् । २९ पुसमा निर्वाचन क्षेत्र स्तरयि कार्यकर्ता भेला गर्ने तथा ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा गर्ने, ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा गर्ने लगाएतका कार्यक्रम तय गरेको नेकपा प्रचण्ड – माधब पक्षले जनाएको छ ।

Shaileshwori
Loading...