शनिवार देशभरका ४१९ जनामा कोरोना पुष्टि, ७५० जना कोरोना मुक्त
शनिवार देशभर थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरीका विभिन्न कोभिड-१९ प्रयोगशालामा ५ हजार नमुनाहरुको परिक्षण गरिएकोमा ४ सय १९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६१ हजार ४ सय २८ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ११ रहेको छ ।
आज देशभरका एक हजार ७ सय ५० जनाले कोरोना जितेका छन् । यो संगै कोरोना मुक्त हुनेहरूकोे कुल संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ७० पुगेको छ ।