बझाङको थलारा गाउँपालिकाको योजना डिजाइन स्टमेट नेपाली भाषामा

शिवजी मण्डेल /बझाङ
थलारा गाउँपालिकाले यो वर्ष योजना डिजाइन स्टमेट नेपाली भाषामा बनाएको छ । सानो सानो कुरा पनि प्राबिधिकलाई सोध्नु पर्ने भएकाले उपभोक्ता समितिको सजिलोको लागि यो वर्ष नेपाली भाषामा योजना डिजाइन स्टमेट बनाइएको हो ।

थलारा गाउँपालिका कार्यालय प्राबिधिक शाखा प्रमुख ईन्जिनियर सँगीत रोकायाका अनुसार उपभोक्ता समितिमा प्राय कम पढेलेखेका हुने र पढेलेखेका पनि प्राबिधिक भाषा कम बुझ्ने हुँदा नेपाली भाषामा डिजाइन स्टमेट बनाइएको हो ।

Sayalb

उनका अनुसार नेपाली भाषाको स्टमेट सबैले बुझ्ने र नबुझ्ने पनि नजिकको पढेलेखेका व्यक्तिले बुझ्न सक्ने हुँदा सानो सानो कुरालाई पनि प्राबिधिक पर्खनु पर्ने उपभोक्ताको समस्या पनि समाधान हुने छ ।

हतार हतारका कारण यो वर्ष केही स्टमेट अंग्रेजीमा पनि बनेका छन् यसले सकारात्मक परिमाण दिए आगामी वर्षदेखि सम्पूर्ण योजनाका स्टमेटहरू नेपाली भाषामा नै बनाईने पनि ईन्जिनियर रोकायाले बताए ।

Shaileshwori
Loading...