५ हजार ८ सय पिसिआर परीक्षण गर्दा ४ सय २१ जनामा कोरोना 

नेपालमा थप ४ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ५ हजार ८ सय पिसिआर परीक्षण गर्दा थप १ सय ७५ जना महिला र २ स य ४६ जना पुरुष गरी ४ सय २१ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ । यस्तै गत २४ घन्टामा थप ६ सय ३६ जना स्वस्थ भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ५४ हजार ४ सय ४९ पुगेको छ । यो दर कुल सङ्क्रमितको ९७ दशमलव २ प्रतिशत हो । हाल नेपालभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार ४ सय ८७ रहेको छ ।

Sagan sahari bhawan nirman aayojana

गत २४ घन्टामा नेपालभर थप ८ जनाको कोरोना कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ ।

Shaileshwori
Loading...