डोटीको सिलगढीमा अनियमित विद्युत कटौति, उपोभोत्ता मारमा

तेजु ओलि /डोटी
जिल्ला सदरमुकाम सिलगढीमा एक महीना देखि मिनेट मिनेटमा विजुली वत्ति आउने र जाने समस्याले स्थानीयले दुःख पाइरहेका छन केही साता दिन यताझन विना जानकारी अनियमित रुपमा विधुत कटौति भैरहेको छ । अघोषित रुपमा बिधुत कटौति हुँदा जन आक्रोस र गुनासो दिन प्रतिदिन बढीरहेको छ । साँझ र बिहानपख तालिका बिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परिरहेका छन भने दिनभर मिनेट मिनेटमा झ्याप्प झ्याप्प गैरहने भएकोले बिधुतकर्ता ब्याबसाय मार्कामा परेका छन । जल्लाबासीका विजुलीवाट चल्ने सामानहरु बिग्रन समेत थालेका छन ।

Sayalb

पछिल्लो समय अनियमित बिधुतको कारण बिधुतबाट हुने ब्याबसाय, बैंक, सहकारी, सरकारी कार्यालयका काम कारवाहीमा असर पुगेको छ भने घरायसी प्रयोग कर्ताले दुःख पाईरहेका छन । विजुली छिन छिनमै आउने जाने प्रकृया निरन्तर भैरहँदा वैकल्पिक उर्जाको रुपमा प्रयोग गरिने जेनेरेटर पनि सुरु गर्ने र वन्द गर्ने अनावस्यक सास्ति पाइरहेको एक मील सन्ञचालकले बताउनु भयो । उहाले मनलाग्दो तरिकाले लाइन काटेर प्राधिकरणले विना जानकारी मनोमानि गरिरहेकोले समस्यामा परेकोमा आक्रोस पोख्नु भयो ।

दुइ साताभर विजुलिको गढवढीले कम्प्युटर तथा विजुलीवाट चल्ने टेलिभिजन लगायतका सामानहरुमा बिग्रन थाले पछि ग्राहकहरु आक्रोशित भएका छन् । यता इलेक्ट्रोनिस ब्यवसायीहरु भने विजुली समस्याको कारण काम गर्न नपाएर मर्कामा परेका छन् । एक साता सम्म विजुली आउनेजाने भैरहेको कारण ब्यापार घाटा भैरहेको ब्यावसायी मीलन परीयारले बताउनु भयो ।

Shaileshwori
Loading...