जाडो बढेसँगै डोटीमा दाउराको माग बढ्यो

तेजु ओली /डोटी
डोटीको जिल्ला सदरमुकाम सिलगढी बजारमा गाउँबाट दाउरा लिएर बेच्न आएका महिला को भिड देखिन्छ। यहाँका स्थानीय महिलाहरु सिलगढी पिपल्ला तथा राजपुर बजारमा दाउरा बेचेर घरखर्च चलाउँदै आएका छन। जिल्ला को उडितोला कलेना राजपूर लगायतका ठाउका महिलाहरु दाउरा बेचेरै घरखर्च चलाउने गरेका छन । सुदूरपश्चिमका पहाडी जिल्लामा भएको मौसम परिवर्तन ले अत्यधिक चिसोका कारण यति बेला दाउराको माग बढन थालेको छ।

Sayalb

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ वा उडितोला कि सिता बि क दाउरा बेचेर रासन भर्ने गर्नु हुन्छ।बिहान चिसो संगै जंगल गएर साझ बजार जानुपर्ने बाध्यता रहेको उहाले बताउनुभयो। दिउसो भरी दाउरा भाचेर बेच्दा २ सय आउछ त्यसैले जिबिकाचेलेको उहाले बताउनुभयो।अहिले चिसोको डरले घरमै बसे चुलो बाल्न मुस्किल पर्ने र आफ्नो आम्दनीको स्रोत भनेकै दाउरा भएको उहाले सुनाउनु भयो। नजिकैको विद्यालयमा अध्यनरत उनकि छोरीले आफ्नो पढाइखर्च समेत दाउरा बेचेरै गर्ने गरेकि छन ।

दाउरा संकलन गरे हिउँदभरिका लागि खाना पकाउने दाउरा हुने र दाउरा बिक्री गरेर नै रासन जोहो गर्ने गरेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ उडितोलाकी घुति बि क ले बताए। नोकरी केही छैन दाउरा बेच्यो जिबिका चलायो उहाले भने, वर्षभर बाल्न दाउरा हुन्छ । बिक्रीबाट आएको रकमले रासन लत्ता ल्याएर जिबिका चलाउने गरेका छन्।

Shaileshwori
Loading...