बिन्ती गरेर बाहुनको छोरोलाई मुख्यमन्त्री बनाए, आज त्यो मान्छेमा संस्कार हरायोः मन्त्री आले
अब उनका दिन सकिए।’

धनगढी: संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेमगरले सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्टको संस्कार हराएको बताएका छन्।

आज (शुक्रबार) धनगढीस्थित खुुला मञ्चमा नेकपा ओली समूह सुदूरपश्चिमले आयोजना गरेको जनसभामा बोल्दै उनले देशको प्रधानमन्त्री आउँदा पनि स्वागत गर्न नआएको भन्दै मुख्यमन्त्रीविरुद्ध रोष व्यक्त गरेका हुन।
‘ २ पटक चुनावमा हारेको बाहुनको छोरोलाई प्रधानमन्त्रीसामु बिन्ती गरेर टिकट दिलाए। गाउँगाउँमा उसकै लागि भोट मागे तर आज त्यहि मान्छेको संस्कार हरायो’ उनले भने, ‘आज देशको प्रधानमन्त्री आउँदा स्वागत गर्न नसक्नेले शिष्टाचार बिर्सियो। अब उनका दिन सकिए।’
