बुहारी बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ

स्याङ्जा: बुहारीलाई बलात्कार गरेको आरोपमा आँधीखोला गाउँपालिका—४ का ६० वर्षीय पुरुष पक्राउ परेका छन्। उनले आफ्नी २१ वर्षीय बुहारीलाई चार वर्षदेखि बलात्कार गर्दै आएको आरोप छ।

Sayalb

ती महिलाले विवाहलगत्तै पति र ससुरासहित भारतमा गएको र त्यस समयदेखि नै बलात्कार हुँदै आएको बताएकी छन्। उनीहरु चार वषदेखि भारत गएका र दुई वर्ष यता नेपाल फर्केका थिए।

प्रहरीले ती पुरुषलाई जिल्ला अदालत पेस गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले बताए। आफ्ना पति सोझो भएको कारण ससुराले कमजोरीको फाइदा उठाएको पीडित महिलाको दाबी छ।

Shaileshwori
Loading...