काँग्रेसको देशभर प्रदर्शन, ओलीले चुनाव नगराए सडकबाटै फाल्ने सभापति देउवाको भनाई

काठमाण्डौँ : संसद विघटनको विरोधमा नेपालीकाँग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिकभनेको काँग्रेसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमाविरोध कार्यक्रम गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधनगर्दै नेताहरुले संसद विघटन असंवैधानिकभएको बताएका छन् ।

Sayalb

काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित सभामा सभापति शेरबहादुर देउवा आफैं सहभागी भएर संसद विघटन संविधान विरोधी कदम भएको बताए । तर यो मुद्दा अदालतमाविचाराधिन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने पनि उनले बताए । सभापति देउवाले मोटो आँखाले हेर्दा ओलीको कदमप्रजातन्त्र विरुद्धको र संविधान विरुद्धको कदमभएको धारणा राखे । तर अदालतमा मुद्दा विचाराधीनभएकाले जुलुस निकालेर यो गर, उ गर भन्ननहुने र अदालतको निर्णय पर्खिनुपर्ने उनको भनाइ थियो ।

अदालतले मध्यावधिमाजाने ओलीको कदमलाई सदर गरे काँग्रेस चुनावमाजाने भन्दै उनले सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ? भनेर प्रश्न गरे । तर अदालतले संसद विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपीओलीले चुनाव गराउँनेमा धेरैलाई शंका रहेको पनि उनले बताए । ओलीले चुनाव नगराए सबै मिलेर सडकबाटै फाल्ने सभापति देउवाले बताए ।

Shaileshwori
Loading...