आज २ सय ९९ औं पृथ्वी जयन्ती : राष्ट्रिय सामथ्र्यको सदुपयोग गर्दै अघि बढ्न राष्ट्रपतिको आग्रह 

आज २ सय ९९ औं पृथ्वी जयन्ती अथवा राष्ट्रियएकता दिवस मनाइँदैछ । गोरखाका राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरणका लागि पु¥याउनुभएको योगदानको स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ ।

Sayalb

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै शुभकामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामथ्र्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको छ । पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वि.सं. १७७९ पुस २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गर्न सफलता हासिल गर्नुभएको थियो ।

Shaileshwori
Loading...