अनेरास्वबियु डोटीमा नेतृत्व फेरबदल : संयोजकमा विष्ट सह– संयोजकमा जोशी 

प्रचण्ड–नेपाल पक्ष घरका विद्यार्थीको जिल्ला भेला जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ । भेलाले वीर बहादुर विष्ट संयोजक र प्रकाश जोशी सह–संयोजक हुने गरी समिति गठन गरिएको छ ।
प्रचण्ड– नेपाल पक्ष घरका विद्यार्थीको भेलाले अनेरास्वबियुको केन्द्रीय सदस्यका लागी गणेश बम र गणेश रोकायाको नाम सिफारिस गर्ने निर्णय गरेको नि–वर्तमान संयोजक गणेश बमले जानकारी दिनु भएको छ ।
Sayalb
ओली पक्षमा लागेका अनेरास्वबियु डोटीका संयोजक डबल बोहरा सहितका कार्यदलका सदस्यको ठाउँमा जिम्मेवारी हेरफेर गरिएको अनेरास्वबियुका सह–संयोजक गणेश बमले जानकारी दिनु भएको छ ।
अनेरास्वबियुका सह–संयोजक गणेश बमको अध्यक्षतामा भएको कार्यक्रमको पार्टी अध्यक्ष चक्र मल्ल प्रमुख अतिथि रहनु भएको थियो भने जिल्ला सचिव जङ्ग बिक विशिष्ट अतिथि रहनु भएको थियो ।
Shaileshwori
Loading...