निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई प्रचण्ड–माधव समुहको आग्रह

काठमाडौँ : नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरु आयोगमा पुगेका छन् । अवैधानिक प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेला निर्वाचन प्रक्रिया अगाडि बढाउनु अदालतलाई दबाव दिनु वा अवज्ञा गर्नु जस्तै भएको प्रचण्ड – माधब समुहका नेताहरुले बताएका छन् ।

Sayalb

आयोगका पदाधिकारीहरुले भने मतदाता नामावली संकलन रोकेर मतदान केन्द्र निर्धारणको काम मात्र भएको जवाफ दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गर्नुभएको छ । तर संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट परेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ । प्रचण्ड–माधव समूहका नेताहरुले पार्टीको वैधानिकतालाई विवादमा आयोगले पठाएको पत्रबारे पनि चासो राखेका छन् । आफूहरुसँग पार्टीको प्रष्ट बहुमत रहेको भन्दै समूहका नेताहरुले अर्को पक्षलाई आफ्नो दाबी पेश गर्न भन्नुपर्ने बताएका थिए ।

अहिले दुबै पक्षले विवरण अध्यावधिक मात्र गर्न पत्र पठाएकाले अहिले वैधानिकता सम्बन्धी विवादमा प्रवेश गर्न नसक्ने आयोगले बताएको छ ।

Shaileshwori
Loading...