ताजा जनादेशमा जानु उपयुक्त रहेको राप्रपा अध्यक्ष थापाको भनाइ

गोरखा : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताउनुभएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले गरेको कार्यक्रममा सहभागी हुन गोरखा पुग्नुभएका थापाले पत्रकारसँग कुराकानी गर्दै प्रतिनिधि सभाविघटनको निर्णयले संवैधानिक जटिलता निम्त्याएको बताउनुभयो ।

Sayalb

प्रतिनिधिसभा विघटन सम्बन्धी अहिलेको संविधानमा केही अस्पष्टता र संविधानको व्याख्या तथा संविधानमा रहेको विवाद निरुपण गर्ने अन्तिम अधिकार सर्वोच्चलाई दिएको र अहिलेको अस्पष्टताको व्याख्या पनि सर्वोच्चले गर्नुपर्ने उहाँले बताउनुभयो । दिवसको अवसरमा गोरखा संग्रहालयमा राप्रपाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

Shaileshwori
Loading...