नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहको बिस्तारित बैठक सम्पन्न, अध्यक्षमा ऐर

डोटी : नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहको डोटी अध्यक्षमा रामबहादुर ऐर र सचिबमा लक्ष्मण मलासी चयन भएका छन । ओली समुहको जिल्ला कमिटिको बिस्तारित बैठकले पार्टी अध्यक्ष चक्र मल्ल र सचिब जंग बिकलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय समेत गरेको छ ।

Sayalb

अध्यक्ष मल्लको ठाउँमा राम ऐर र सचिब बिकको ठाउँमा मलासीलाई जिम्मेवारी दिएको नब निर्वाचित अध्यक्ष राबहादुर ऐरले जानकारी दिनु भएको छ । ओली समुहले २ सय ९९ जनाको जिल्ला कमिटि बिस्तार गर्ने निर्णय गरेको छ भने ९ स्थानीय तहमा कमिटि बिस्तार गर्ने निर्णय गरिएको छ ।

साबिकको नेपाल कम्युनिष्ट पार्टी नेकपाको १ सय ३५ जना जिल्ला कमिटि सदस्य मध्य ६१ जना जिल्ला कमिटि सदस्य उपस्थित रहेको ओली समुहको दाबी रहेको छ ।

Shaileshwori
Loading...