भारतमा बर्डफ्लुको प्रकोप बढ्दै

भारतमा बर्डफ्लुको प्रकोप बढ्दै गएको देखिएको छ । भारतका कम्तीमा ९ राज्यमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ भने केही राज्यमा भने परीक्षणको नतिजा आउन बाँकी छ । भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

बर्ड फ्लुको सङ्क्रमण देखिएसँगै नयाँ दिल्लीको गाजिपुर होलसेल कुखुराको बजार बन्द गरिएको छ । दिल्लीमा बर्ड फ्लुको कारण दुई सय चरा मरेका छन् । बर्ड फ्लुको सङ्क्रमण देखिएसँगै मानिसहरुलाई पोखरी, तालतलाउ तथा वन्यजन्तु आरक्षण क्षेत्रमा मानिसहरुलाई भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।
महाराष्ट्रका अधिकारीहरुले आज पछिल्लो दुई दिनमा कम्तीमा आठसय कुखुराहरु मरेको बताएका छन् । कोरोना सङ्क्रमण नरोकिएका समयमा बर्डफ्लुको सङ्क्रमण देखिएको चिन्ता सुरु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
