नेकपा सुदूरपश्चिमका अध्यक्ष थापा चढेको गाडीमा ढुंगामुढा प्रहार

नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडीमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार नेकपा ओली समूहले अछाममा सम्पन्न गरेको बिस्तारित बैठकपछि प्रचण्ड–नेपाल समूहले प्रहार गरेको ढुंगामुढाबाट गाडी तोडफोड भएको छ ।

Sayalb

प्रचण्ड–नेपाल समूह निकटका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताले थापा चढेको प्रदेश ३–०१०२३ च ७०६९ नम्बरको गाडीमा ढुंगामुढा गरेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए । उक्त समूहको खोजी भइरहेको उनले बताए ।

Shaileshwori
Loading...