कांग्रेस चुनावमा जान तयार छ : देउवा

सिन्धुपाल्चोक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी चुनावमा जान तयार रहेको बताएका छन् । कांग्रेस केन्द्रीय खेलकुद विभागले बाह्रबिसे नगरपालिका–४ पलाँतीमा आयोजना गरेको कोमलमाया–खड्गबहादुर बस्नेत स्मृति खेलकुद प्रतियोगिता कार्यक्रमको समापन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले अदालतमा विचाराधीन विषयमा कांग्रेसले दबाब नदिने बताए । अदालतमा मुद्दा विचाराधीन भएकोले सडक आन्दोलनबाट कुनै निर्णय नहुने बताए ।
उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले अदालतको जुनसुकै निर्णय पनि स्वीकार गर्ने प्रष्ट्याए ।
