नेकपाका प्रदेश कमिटी सदस्य साउद द्धारा न्यानो कपडा वितरण
नारद नेपाली /डोटी
डोटीको दिपायल सिलगढी नगरपालीका वडा नम्वर ९ मछेन्तोलाका ३० जनालाई न्यानो कपडा वितरण गरिएको छ । अईतबार एक कार्यक्रमका बिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य खगेन्द्र बाहादुर साउद (के.बि.)ले मछेन्तोलाका बृद्धबृदा, एकल, अपाङ्ग, असाहाय गरि ३० जनालाई न्यानो कपडा कम्बल वितरण तथा सम्मान गरेका हुन् ।
जडोको समय भएकाले जाडो छल्न केही सहज होसे भनेर आफुले न्यानो कपडा वितरण गरेको दिपायलमा लामो समय देखि ब्यापार गर्दै आएका नेपाल कम्निस्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य खगेन्द्र बाहादुर साउद के.बि.ले बताए ।
सबैले बिभिन्न पुजा पाठ गरेर दान को नाममा धैरै खर्च गरी रहेको भएपनि गरिब निमुखा हरुले एक छाक खान र एक सरो लगाउन समेत नपाएका बेला आफुले अरु भन्दा बेग्लै गरेको उनले बताए । करिब ९ बर्ष देखि जाडोको समयमा डोटीका बिभिन्न समुदायका मानिसहरुलाई आफुले सकेजति न्यानो लुगा वितरण गर्दै आएको बताउदैँ साउँदले भने यस वर्ष पनि दिपायल सिलगढी नगरपालीकाका १ देखी ९ वडा सम्मका तिन सय जनालाई न्यानो लुला वितरण गर्ने लक्ष्य रहेको बताएका छन् ।
सदरमुकाम बाट करिब २र३ किलो मिटर टाढा रहेको मछेन्तोका वृद्घवृद्धा, एकल, अपाङ्ग असाहायहरुले न्यानो कपडा कम्बल तथा सम्मान पाईसकेपछि आफुलाई केहि राहात भएको बताए । त्यस्तै साउदले सधै आफुहरुलाई सहयोग गर्दै आएकाले उनि आफ्नो अभिभावक भएको बताए ।