डोटीको कपिलास आधारभुत विद्यालयमा भौतिक तथा शैक्षिक लापर्बाही

तेजु ओली/ डोटी
सिकाइ वातावरण, भौतिक सुविधा जस्ता पक्षले शिक्षाको गुणस्तर निर्धारणमा प्रमुख भूमिका निर्धारण गर्छन् तर डोटीको आदर्श गाँउपालीका वडा नं ६ गिरिचौकाको कपिलास आधारभुत विद्यालयमा भएको भौतिक तथा शैक्षिक लापर्बाहीले सामुदायिक विद्यालयको अबस्था कस्तो छ भन्ने कुरा स्पष्ट पारेको छ । विद्यालयमा तिन सय भन्दा बढि विद्याार्थी रहेका छन् । चार जना शिक्षकले पाँच कक्षा सम्म हेर्नु पर्ने बाध्यात्मक अवस्था रहेको प्रध्यानाध्यापक बल बहादुर बोहराले जानकारी दिनुभएको छ । सुविधाका दृष्टिले भौतिक अबस्था राम्रो नभएको र शिक्षकको मनोमानी पढाइले उक्त विद्यालयका विद्यार्थी पनि गणित, विज्ञान र अंग्रेजीमा कमजोर हुँदै गएको कक्षा ४ मा अध्ययनरत विद्याार्थी योगेन्द्र बोहराले बताए ।

Sayalb

माध्यमिक शिक्षाको प्रमुख जिम्मेबार स्थानीय तहको भए पनि यस तर्फ जनप्रतिनिधिले कुनै चासो नदेखाएको अभिभावक मान बहादुर बोहराले बताउनुभयो । त्यस्तै विद्यालयमा विद्यार्थी सिकाइ, भौतिक संरचना र सामग्रीमा कमि भएपछि बालबालिकालाई विद्यालय पठाउने कि नपठाउने हुने गरेको स्थानीय कैलाश ओलीले बताउनुभयो । खुद सिकाइ र विद्यार्थीको क्षमता विस्तारमा कम लगानी गरिएको छ । देशको कुल बजेटको १० प्रतिशत जति शिक्षामा लगानि गरेको भए पनि डोटीका अधिकांश सामुदायिक विद्यालयको अबस्था भने दैनिय रहेको देखिन्छ ।

Shaileshwori
Loading...