डोटीको तेडिस्थान आधारभुत विद्यालयको पठनपाठनमा लापर्बाही

डोटी : डोटीको पुविचौकी गाउँपालिका वडा नम्बर ५ काडामाण्डौँको उपरकाडामा रहेको श्रि तेडिस्थान आधारभुत विद्यालयको पठनपाठनमा लापर्बाही भएको छ । तिन जना शिक्षकहरु रहेको विद्यालयमा कहिले त एक जना पनि शिक्षक उपश्थित नहुने गरेको स्थानिय मिन बहादुर साउँदले बताए । विद्यालयका प्रधानाध्यापक विद्यालय आउन छोडेर कहिले पार्टिको कार्यक्रममा त कहिले वनको कार्यक्रमा जाने गरेको साउदले बताए । “आज विद्यार्थि १२ बजे नै घर पुगिहाले कि रहेछ भनेर विद्यालय पुगे विद्यालयमा शिक्षक नै थिएनन् साउदले भने, यो समस्या आजको मात्रै होईन यो त सधै हुँन्छ ।”

यस विषयमा आफुले पटकपटक बैठक राखेर कुरा राखेको भए पनि त्यो कुरालाई शिक्षकले विभिन्न बाहाना बनाउदै टाल्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशे साउँदले बताएका छन् ।

Sayalb

आफु नियमित विद्यालय आउने गरको प्रधानाध्यापक उदय सिं बटालाले बताए ।शुक्रवार भने स्वास्थ्यका कारण विद्यालय आउन नसको उनले बताए । एक जना शिक्षक सरुवाको कामले घर गएका र अर्को शिक्षक ११ गते देखि परिक्षा भएकाले प्रश्न पत्र छपाउन गएको उनले बताए । आफुमाथि लगाईएको आरोप झुट भएको उनको भनाई छ ।

कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा शिक्षक अनुपश्थित हुदा आफुले विद्यार्थिलाई पढाउने गरेको सोहि विद्यालयका कार्यालय सहयोगी चन्द्र साउदले बताएका छन् ।

Shaileshwori
Loading...