दिपायल सिलगढी नगरपालिकाले स्वास्थ्य चौकीलाई ल्यापटप र पेन्ड्राइव वितरण गर्यो

Sayalb

तेजु ओली/ डोटी
स्वास्थ्य सम्बन्धी तथ्यांकहररु चुस्त र दुरुस्त बनाउनका लागि दिपायल सिलगढी नगरपालिकाले चार ओटा वडामा ल्यापटप र पेन्ड्राइव बितरण गरेको छ । आज स्वास्थ्य साखाले आयोजना गरेको एक कार्यक्रमका बिच नगर प्रमुख मन्जु मलासी बाट खातिवडा स्वास्थ्य चौकी, तिखा स्वास्थ्य चौकी, लडागडा स्वास्थ्य चौकी र कलेना स्वास्थ्य चौकीलाई ल्यापटक र पेन्ड्राइव हस्तातरण गरेको नगर पालिकाले जनाएको छ । नगर प्रमुख मन्जु मलासीको प्रमुख आतिथ्यततामा र स्वास्थ्य साखा प्रमुख गणेश भण्डारीको अध्यक्षतामा चार ओटै वडाका स्वास्थ्य इन्चार्जलाई हस्तान्तरण गरेको थियो । सबैकुरा अन्लाइनमा गैसकेकाले स्वास्थ्य सम्बन्धीका सबै तथ्याङ्कलाई स्पष्ट र पार्दर्शी हुने विश्वास नगर प्रमुख मलासीको छ ।

Shaileshwori
Loading...