दुई सय ७ जना विपन्न वर्गका नागरिकलाई न्यानो लुगा वितरण

विक्रम खड्का /डोटी
डोटीको पुर्बीचौकी पालीका वडा नम्बर ७ पोखरीमा रहेका २ सय ७ जना जेष्ठ नागरिक, अपाङ्गता भएका व्याक्ति र एकल महिलाहरुलाई न्यानो लुगा बितरण गरियको छ । मानविय सेवामा अनेकोै प्रयास संस्था धनगढीको सहयोगमा उक्त सामाग्री बितरण गरियको हो ।

हामी निरन्तर मानव जातिको सेवा मा लागिरहेका छौ, न्यानो लुगा वितरण सँगै हामी विभिन्न कार्य गर्दै आएका छौ, आज यो वडाको विपन्न बर्गका नागरिकहरुलाई लुगा वितरण गरेसँगै गाउपालिका बिभिन्न वडाहरुमा हामिले आउँदो कार्यक्रममा निकट भविष्यमै न्यानो लुगा सहित अरु राहात सामाग्रि बितरण गर्नै छौ समाजलाइ सचेतिकरण सँगै केहि व्याक्तिहरुलाइ राहात पुगोस भन्ने हेतुले हामिले यि र यस्तै कार्यक्रम गर्दै आएका छौ न्यानो लुगा वितरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तथा समाजसेवी भक्तराज जोशीले भने ।

Sayalb

त्यस्तै बितरण कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडाअध्यक्ष प्रकाश साउद ले जाडोको समयमा चिसोबाट बच्नका लागी वडामा रहेका बिपन्न बर्गका नागरिकहरु लाइ यो सामग्री बितरण गरेर वहाहरु लाई केहि मात्रामाभएपनि सहयोग पुग्ने बताउनु भयो यो र यस्तै राहातमुखि कार्यक्रम गरेर सहयोग गरेको मा मानविय सेवामा अनेकोै प्रयास लाई धन्यबाद दिदै आगामी दिनमा पनि यहाँहरुको सहयोगको अपेक्षा रहेको बताए ।

पोखरीमा रहेका जेष्ठनागरिकको स्वास्थ्या र महिलाहारुको अंगखस्ने समस्या लाइ मध्यनजर गर्दै संस्थालाइ स्वास्थ शिबिर सन्चालन गर्नुपर्ने कार्यक्रमका वक्ता तथा समाजसेवी कुबेर खड्काले ले आग्रह गर्नु भएको छ यस्ता विभिन्न कार्यक्रम लाइ स्थानीय र समाजसेवि भएका खातिर हरदम सहयो गर्ने स्वागत को लागि आफुतयार भएको पनि खड्का ले प्रतिवद्धता जाहेर गर्नु भएको छ । कार्यक्रममा स्थानिय समाजेबि, महिला र सर्वसाधारणको उपस्थिति रहेको थियो।

Shaileshwori
Loading...