सहकार्य समन्वय र पार्दशी रुपमा काम गर्छु नब नियुक्त अध्यक्ष हर्क सिंह

तेजु ओली/ डोटी
खप्तड क्षेत्र पर्यटन बिकास तथा ब्याबस्थापन समितिमा नब नियुक्त हर्क सिंह को आज पदभार ग्रहण कार्यक्रम मा बोल्दै जिबिको पार्जनका मानिसको आय स्तरमा उन्नति गर्नका लागि पर्यटन ब्यवसायको महत्वपूर्ण भुमिका रहेको ले अब खप्तड क्षेत्र को समग्र बिकास का लागी पारदर्शी रुपमा लाग्ने बताउनुभयो। खप्तड क्षेत्र धेरै बिबादित र बदनामी भएको ले यस यस बिषयमा सझग भएर खप्तड मा बाटोघाटो,बस्ने खाने समस्या भएकाले अव तुरुन्त यस्का लागी काम गर्ने बताउनुभयो।

खप्तड क्षेत्र आसपास रहेका मानिसले पलायन हुने समस्या भएकाले पनि यसको बिकस हुन नसकेको बताउनुभयो।अब स्थानीय ले फाइदा लिने गरि कला संस्कृति खान पान लौवाइ खावाइ मा थप बिकास का लागि बिकास बोर्डले काम गर्ने बताउनुभयो। त्यस्तै नब नियुक्त हुनुभएका कार्य निर्देशक भिम बहादुर खडका ले पर्यटन ले आकर्षक संस्कृति खाना पहिरन हेर्न चाहाने भएकाले त्यसको बिकासकालागि खपत राष्ट्रिय निकुञ्ज संग समन्वय गर्ने।रणनितीक योजना बनायर जाने बताउनुभयो।

Sayalb

अब बिदेसी तथा स्वदेशी पर्यटक कति भित्रयाउने तयार गर्न खप्तड राष्ट्रिय निकुञ्ज को वइबसाइडको संन्चालन गर्ने, तथ्याङ्क ब्याबस्थापन, सरोकारवाला संग खप्तड मा भेला गरेर सुदुरपश्चिम प्रदेश को बिकासकालागि पर्यटन को महत्व बारे जानकारी का लागी सहभागी गराउने योजना बनायको छ ।

पैसा धेरै खर्च भयो बिकास भएन अब सर्वांगीण विकासका लागि सबै तह र तप्का बाट लाग्नु पर्ने बताउनु भयो। थप अब प्रचार प्रसार का लागि सन्चार क्षेत्र को भुमिका हुने भएकाले समन्वय गरेर जाने बताउनुभयो।आज पत्रकार तथा संचारकर्मी संग खप्तड कार्यालय मा बसेको पहिलो भेटघाटमा स्थानीय तहले स्थानीय ले लाग्नु पर्ने बताउनु भयो।

Shaileshwori
Loading...