नेकपा प्रदेश कमिटि सदस्य साउदले गरे न्यानो कम्बल वितरण

तेजु ओलि /डोटी
न्यानो कमल पाय पछि दिपायल सिलगढी नगरपालिका वडा ८ कि लक्षी खडका खुसी भएकि छन। बितरकले कम्मल ओडाउँदा उनका आँखा रसाए । ‘रातभरी आगो तापेर बस्नु पर्ने अवस्था थियो’ परिवारको आर्थिक अवस्था कमजोर भएकी लक्षी भन्छिन् ‘अव यो कम्मल ओडेर सुत्न सक्छु ।’
लक्षी जस्तै ९० लाई मंगलबार न्यानो कम्मल बितरण गरिएको छ । डोटी दिपायलमा रहेका एक ब्याबसायि तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का सुदुरपश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्रबहादुर साउँदले जाडोको मौषममा उनीहरुलाई न्यानो कम्मल बितरण गर्नु भएको हो ।
दिपायल सिलगढी नगरपालिकाका नौ वटै वडामा प्रत्येक वडाका ३० जना बृद्धबृद्धा, असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु छनौट गरि कम्मल बितरण गर्ने गरेको बताउनुभयो । दिपायल सिलगढी नगरपालिका(वडा न३, ८ र ९ वडा मा बितरण गरिसकेको अब सबै वडामा गरी ३ सय जनालाइ न्यानो लुगा वितरण गर्ने बताउनुभयो।

‘हामीले सम्वन्धित वडा मा असहाय बृद्धबृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु छनौट गरि सम्वन्धित वडा कार्यालयमै कार्यक्रम आयोजना गरि कम्मल बितरण गरेका छौं ।’

Sagan sahari bhawan nirman aayojana

साउँदले बिगत नौ बर्षदेखि वर्षेनी न्यानो कपडा बितरण गर्दै आएको बताए । उनी भन्छन् ‘मेरो सानो सहयोगले कसैलाई राहत मिलोस भन्ने उद्देश्यले मैले कम्मल बितरण गर्दै आएको छु ।’ उनी यस्ता कार्यहरुले आफुलाई सन्तुष्टि मिल्ने गरेको बताउँछन । ‘दुःख र गरीवी के हो भन्ने कुरा मैले राम्रोसंग भोगेको छु’ साउँद भन्नु हुन्छ मलाइ बितरण गरेको राति मज्जाको निद्रा लाग्छ म धेरै खुसी हुन्छु ‘त्यसकारण मलाई दुःखी र गरीवहरुलाई सहयोग गर्न मन पर्छ ।’

आफ्नो नगर पालिका भरी लक्षित बर्गलाई सहयोग गरेको भन्दै नगर प्रमुख मन्जु मलासी ले बधाई तथा सम्मान गरेको छ । ‘राज्यले गर्नु पर्ने काम एक व्यक्तिले गर्नु भएको छ।
त्यस्तै जिल्ला समन्वय समिति का उप प्रमुख ससि सोपले स्थानीय तहले बृद्ध लाइ नहेरको र घरकै अभिभावक ले पनि बृद्धलाइ सम्मान पुर्वक बाँच्न पाउने अधिकार लाइ खुम्चिएको भन्दै सबैले आ आफ्नो अभिभावक लाइ सम्मान गर्न पनो यस कार्यक्रमले जिल्ला मा राम्रो काम गरेको बताउनुभयो।

साउँद सामाजिक क्रियाकलापमा बिगत लामो समयदेखि जोडिदै आएका छन । उनले बजारमा, मन्दिरमा, सार्वजनिक स्थलहरुमा डस्टबिन राख्ने, नगर क्षेत्रभित्र रहेका प्रत्यक वडाका एउटा एउटा सामुदायिक विद्यालयलाई प्रति बिद्यालय एक लाखका दरले सहयोग गर्ने जस्ता कामहरु यस अघि पनि गर्नु भएको छ । साथै बिष्ट जनरल स्टोरले पनि साबुन टुतपेष्ट र ब्रोस पनि बितरण गरेको छ।

Shaileshwori
Loading...