कोभिड–१९ विरुद्धको खोप अभियान जारी, झण्डै ३९ हजारले लगाए

कोभिड–१९ विरुद्धको खोप अभियान आज पनि जारी रहने भएको छ । आज पनि सातै प्रदेशमा तोकिएका ठाउँमा खोप लगाइनेछ । यसअघि तया पारिएको सूची अनुसार खोप लगाउने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो बेलुकीसम्म लगभग २९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ हजार ७ सय ३२ जनाले खोव लगाएका छन ।

मन्त्रालयका अुनसार प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, बागमतीमा ११ हजार ४ सय ६१, गण्डकीमा ४ हजार ८ सय ५३, लुम्बिनीमा २ हजार ३ सय ३, कर्णालीमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।
अहिलेसम्म खोप लगाएकामध्ये अहिलेसम्म कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्य नदेखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पहिलो चरणमा कोरोनाभाइरस विरुद्धको लडाईंमा अग्रभागमा रहेर काम गरेका स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने संकलक तथा सवारी चालक, शव व्यवस्थापनमा खटिने व्यक्ति, कैदी र जेलमा रहेका सुरक्षाकर्मीहरूलाई खोप लगाएको छ । खोप लगाएपनि जोखिम कायम नै रहेकाले सचेतरहन विज्ञहरुको अनुरोध गरेका छन ।
