बझाङमा प्रेस संगठन नेपालको जिल्ला भेला सम्पन्न

बझाङ-  बझाङमा प्रेस संगठन नेपाल को जिल्ला भेला आइतबार सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । सदरमुकाम चैनपुरको होटल माउन्टेन भ्यु को हलमा जिल्ला भेला सम्पन्न भएको हो ।

जिल्ला सभा प्रेस संगठन बझाङका सह संयोजक राजेन्द्र सिंहको अध्यक्षतामा र नेकपाका प्रदेश कमिटि सदस्य दिल बहादुर सिंहको प्रमुख अतिथि संचालन भएको थियो । आज सम्पन्न भएको जिल्ला सभाबाट राजेन्द्र बहादुर सिंह संयोजक, आशिष सिंह सह संयोजक रहने गरी २७ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ ।

Sagan sahari bhawan nirman aayojana

त्यस्तै प्रेस संगठन बझाङले टेकेन्द्र बोहराको संयोजकत्वमा ५ सदस्यीय कार्यालय व्यवस्थापन कमिटी, सम्राट सिंहको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति, उत्तम थापाको संयोजकत्वमा ५ सदस्यीय आर्थिक व्यवस्थापन कमिटि गठन गरी ५ जनालाई प्रदेश कमिटि सदस्य पदका लागि प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको प्रेस संगठन बझाङका संयोजक राजेन्द्र सिंहले बताए ।

उनले भने केन्द्रमा पार्टी विभाजन को दिशातिर जाँदा बझाङमा पनि आधिकारिक प्रेस संगठन गठन गरिएको हो ।

जिल्ला भेलामा बोल्दै नेकपा सुदुरपश्चिम प्रदेश कमिटी सदस्य दिल बहादुर सिंहले पनि आधिकारिक पार्टी भनेकै प्रचण्ड र नेपाल को नेकपा नै भएको दाबी गर्दै आधिकारिक प्रेस संगठन पनि सोहि अनुसारको नै हुने बताए ।

Shaileshwori
Loading...