ज्ञानु बमको स्वरमा रहेको ‘आँखा आसु सेल’ गितको म्युजिक भिडियो सार्वजनिक

डोटी : नव गायक ज्ञानु बम र मनिशा बमको स्वरमा रहेकोे ‘आँखा आसु सेल’ बोलको डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । महेन्द्र बमको शव्दमा रहेको उक्त गितमा लय निर्मला बमको रहेको छ । विशेष डिजिटल स्टुडियोमा रेकर्डीङ भएको गितको एरेन्ज विजय थापामगरले गरेका हुन् ।
म्युजिक भिडियोको मुख्य अभिनयमा भवानी रेग्मी र सरु रोकायालाई देख्न सकिन्छ । भवानी रेग्मीले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन सोनु विक, र सम्पादन पिआर जोशीले गरेका हुन् ।

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्वर ७ मा जन्मिएका नब गायक ज्ञानु बमको स्वरमा रहेका ‘मेरा प्यारा बोगटान’, ‘एक फेरा बोली दे’, ‘नसालु आँखाले’ लगायतका गित सांगितिक बजारमा रहेका छन् ।
भिडियो ।
