बझाङका तीन स्थानीय तहले तोके वाषिर्क परिक्षा लिने मिति

शिवजी मण्डेल/बझाङ: बझाङका तीन स्थानीय तहले शैक्षिकसत्र २०७७/०७८ को गाउँपालिका स्तरीय वार्षिक परिक्षा लिने समय तालिका तोकेको छ । जिल्लाको बित्थचिर गाउँपालिकाले छबिस पाथिभेरा गाउँपालिका र थलारा गाउँपालिकाले वार्षिक परिक्षा लिने समय तालिका तोकेको हो ।
यहीँ वैशाख १२ गतेदेखि २० गतेसम्म वित्थडिर गाउँपालिका भरिका सम्पूर्ण विद्यालयका ८, ११, र १२ बाहेकका अरू सबै कक्षाको परीक्षा लिन लागिएको गाउँपालिकाका शिक्षा संयोजक मधन बमले बताउनुभएको छ ।

Sayalb

वैशाख ८ गते प्रधानाध्यापक अभिभावकहरू बसेको बैठकले कोरोनाको विकराल रूपलाई मध्यनजर गर्दै छिटो परीक्षा सञ्चालन गर्न लागेको बताइएको छ । कक्षा ८ को वैशाख २६ गतेबाट परिक्षा सञ्चालन हुने शिक्षा शाखाले जनाएको छ ।
छबिस पाथिभेरा गाउँपालिकाले पनि पालिका स्तरीय वार्षिक परिक्षा यहीँ वैशाख २१ गते बाट लिने निर्णय गरेको शिक्षा शाखा प्रमुख चक्र प्रसाद रेग्मीले बताउनुभयो । कक्षा ८ को परिक्षा पनि २१ गतेबाट नै हुनेभएको छ ।
वैशाख ९ गते बसेको प्रधानाध्यापकहरूको बैठकले परिक्षा समिति तय गरेको र समितिको निर्णय अनुसारनै परिक्षा वैशाख २१ गतेबाट सञ्चालन गरिन लागेको बताइएको छ ।

त्यस्तै थलारा गाउँपालिकाले पनि गाउँपालिका स्तरीय वार्षिक परीक्षा वैशाख २२ गतेदेखि सञ्चालन गरिने बताएको छ । चैत ३१ गते बसेको थलारा गाउँपालिका भरिका प्रधानाध्यापकहरूको बैठकले वैशाख २२ गतेदेखि ३१ गतेसम्म कक्षा १ देखि ९ सम्मको गाउँपालिका स्तरीय वार्षिक परिक्षा गर्ने निर्णय गरेको शिक्षा संयोजक हर्कबहादुर रोकायाले बताउनुभएको छ ।
प्रधानाध्यापकहरूको बैठकले परिक्षा समिति पनि गठन गरेको बताइएको छ । परिक्षाका लागि विभिन्न विद्यालयका विज्ञ शिक्षकहरूद्वारा प्रश्नपत्रको मास्टर कपी तयार पार्ने कार्य भइरहेको थलारा गाउँपालिका शिक्षा संयोजक रोकायाले बताउनुभयो । विश्व व्यापीरुपमा फैलिएको कोरोना महामारीलाई मध्यनजरगरि स्वास्थ्य मापदण्ड अपनाई परिक्षा संचालन गरिने परिक्षा सम्बन्धित विद्यालयमै हुने पनि शिक्षा संयोजकहरूले बताउनुभएको छ।

Shaileshwori
Loading...