बुधवार डोटीका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

डोटी : बुधवार डोटीका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२४ नमुनाको पिसिआर परिक्षण गर्दा ३१ जना र ४७ जनाको एन्टिजेन पक्षिण गर्दा १५ जना गरि आज ४६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव बहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

जसमा दिपायल सिलगढी नगरपालिकाका १२ जना, जोरायल गाउँपालिकाका २४ जना, बडीकेदार गाउँपालिकाका ४ जना, शिखर नगरपालिका, सायल गाउँपालिका र बोगटान फुडसिल गाउँपालिकाका २/२ जना रहेका छन् ।

Sayalb

दोस्रो लहरको कोरोना फैलिएसंगै डोटी जिल्लामा बैशाख १ गते यता २ सय ८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । जस मध्य ७ जनाले कोरोना जितेका छन् भने एक जनाको मृत्यु भएको छ । हाल संक्रिय संक्रमितको संख्या २ सय ७७ रहेको बताईएको छ ।

Shaileshwori
Loading...