बिहिवार डोटीका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

डोटी : बिहिवार डोटीका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७२ नमुनाको पिसिआर परिक्षण गर्दा ३० जना र ४२ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ९ जना गरि आज ३९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव बहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

जसमा जोरायल गाउँपालिकाका १८ जना, दिपायल सिलगढी नगरपालिकाका ११ जना, के.आई.सिंह गाउँपालिकाका ५ जना, पुर्विचौकी गाउँपालिकाका ३ जना र शिखर नगरपालिकाका २ जना रहेका छन् ।यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ७ सय ४५ पुगेको छ ।

Sayalb

दोस्रो लहरको कोरोना फैलिएसंगै डोटी जिल्लामा बैशाख १ गते यता ३ सय २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । जस मध्य ७ जनाले कोरोना जितेका छन् भने एक जनाको मृत्यु भएको छ । हाल संक्रिय संक्रमितको संख्या ३ सय १६ रहेको बताईएको छ ।

Shaileshwori
Loading...