जिल्ला अस्पताल डोटीबाट रिफर गरिएका कोरोना सङ्क्रमितको बाटोमै मृत्यु

भेन्टिलेटर मेसिन जनशक्ति भएको अस्पतालमा लगे केहि बिरामी बाच्न सक्छन : फुलारा

डोटी : डोटीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सप्तरि जिल्लाको कञ्चनरुप नगरपालिका-८ घर भई रेडियो नेपाल प्रादेशिक प्रसारण दिपायलमा इन्जिनियरको रुपमा कार्यरत ३२ वर्षीय पुरुषको शुक्रवार विहान मृत्यु भएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ । थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएका ति पुरुषको बाटोमै मृत्यु भएपछि पुनः जिल्ला अस्पतालमा ल्याईएको थियो । अस्पतालले विहान १०ः५० मा मृत घोषणा गरेको जिल्ला अस्पताल डोटीका सुचना अधिकारी अमर भट्टले जानकारी दिनु भएको छ ।

बैशाख २२ गते अस्पताल भर्ना भएका मृत पुरुषको अक्सिजन सपोर्टमा राखेर उपचार भईरहेको थियो, थप उपचारको लागि आईसियुको, भेन्टिलेटरको आवश्यकता परेपछि उनलाई जिल्ला बाहिर रिफर गरिएको थियो । “अस्पताल भर्ना गरेकै दिन ति पुरुषको अवस्था घम्भिर थियो, हामीले अन्यत्र लग्न सुझाएका थियौँ, अस्पतालका कोरोना फोकल पर्सन राजेन्द्र फुलाराले भने, तर अन्य ठाउँमा पनि उपचारका लागि बेड नपाईने अवस्था भएपछि जिल्ला अस्पताल डोटीमै भर्ना गरियो ।”

Sayalb

जिल्ला अस्पताल डोटीमा भेन्टिलेटर मेसिन भए पनि भेन्टिलेटर मेसिन चलाउने जनशक्ति छैन । अस्पतालमा भएका भेन्टिलेटर मेसिन जनशक्ति भएको ठाउँमा फिर्ता गर्ने गरि लगिएको भए केहि विरामीको ज्यान जोगिन सक्ने जिल्ला अस्पतालका कोरोना फोकल पर्सन राजेन्द्र फुलाराले बताउनु भयो । नत्र भने जिल्लामै दक्ष जनशक्ति पठाइनु पर्ने उहाँले बताउनु भयो ।

जिल्लामा बुधबार मात्र जिल्लाको आदर्श गाउँपालिका-२ का ६२ वर्षिय कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । दोस्रो लहरको कोरोना फैलिएपछि डोटी जिल्लामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

Shaileshwori
Loading...