बुधवार डोटीका थप ३९ जनामा कोरोना पुष्टि
डोटी : बुधवार डोटीका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६३ पिसिआर परिक्षण गर्दा ३५ जना र ४४ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना देखिएका २९ पुरुष र १० महिला हुन् ।
जसमा बोगटान फुड्सिल गाउँपालिकाका १९ जना, आदर्श गाउँपालिकाका १५ जना, दिपायल सिलगढी नगरपालिकाका ४ जना र पुर्विचौकी गाउँपालिकाका एक जना रहेका छन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ३१ पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो । मंगलवार ६८ जनामा कोरोना पुुष्टि भएको थियो ।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिए देखि डोटीका ८ सय १० जनामा कोरोना पुष्टि हुँदा ३ सय ९ जनाले कोरोना जितेको र ५ सय १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । संक्रिय संक्रमित मध्ये ६ जना जिल्ला अस्पताल डोटीमा र ८ जना स्थानिय तहले स्थापना गरेको आईसोलेसनमा गरि १४ जना संस्थागत आईसोलेसन र ४ सय ८७ जना होम आईसोलेसनमा रहेका छन् ।