लाटो छैन जनता अलि थाहा पाउछ, नेता भने कुर्सी मात्रै बचाउछ

bhukampa

देश गरिबिमा डुबोस, या माहामारिमा
कयौं मान्छे त्यसै परेका छन झारिमा
किसान भौतारि रहेछ पानी नपाएर
कुलो पुगाउछु भनेको छ बारिमा
लाटो छैन जनता अलि थाहा पाउछ
नेता भने कुर्सी मात्रै बचाउछ

घरमा खानलाई आटो छैन्
लगाउने लुगा फाटो छैन्
तेरो भबिस्य शुनिश्चित भन्छ
यस्तो उसले देखेको बाटो छैन्
लाटो छैन जनता अलि थाहा पाउछ
नेता भने कुर्सी मात्रै बचाउछ

पहिलो चोटी गाउँमा गाडी आएको छ
गाडी संगै पछाडि बाढी आएको छ
गाउँको हालत यस्तो हुदा सम्म पनी
हरेन केहि पनी उसले छाडी आएको छ
लाटो छैन जनता अलि थाहा पाउछ
नेता भने कुर्सी मात्रै बचाउछ

विदेश गएको छोरो घर आएको छैन्
खाना कहिल्यै पेट भरि खाएको छैन्
बुढेसकालमा दुस्ख भोग्नु पर्दैन भनेर
आफ्नु परिवार संग धित मरुन्जेल रमाएको छैन्
लाटो छैन जनता अलि थाहा पाउछ
नेता भने कुर्सी मात्रै बचाउछ

आफ्नु मान्छेलाई जागरिरमा लगातार
देख्दैन उ भएको यत्रो भ्रष्टाचार
के हेरेर बसेको छ थाहा छैन कुन्नी
हुदैन भन्छ फेरि यस्तो बारम्बार
लाटो छैन जनता अलि थाहा पाउछ
नेता भने कुर्सी मात्रै बचाउछ

जताततै हुन्छन् हत्या हिंसा बलत्कार
हुदैन कहिल्यै भन्छ यो सरकार
अपराधी घुसखोरि कै फेरि किन
गर्छ खै किन अझ जय जयकार
लाटो छैन जनता अलि थाहा पाउछ
नेता भने कुर्सी मात्रै बचाउछ

ढलाउन चाहान्छ सरकार जाली गरेर
आफ्नु अस्तित्व सबै खाली गरेर
सिन्को भाच्न जान्दैन प्रतिपक्ष
बस्छ सरकारलाई गाली गरेर
लाटो छैन जनता अलि थाहा पाउछ
नेता भने कुर्सी मात्रै बचाउछ

म मेरै पिडा लेखिरहेको छु
यसरि नै पिडा खेपिरहेका छु
बिन्ती भुल्याउने प्रयास नगर्नुहोला
हजुरको त्यो गन्तव्य देखिरहेका छु
लाटो छैन जनता अलि थाहा पाउछ
नेता भने कुर्सी मात्रै बचाउछ

 

  टेक विवश साउद
      डोटी

Shaileshwori
Loading...