सायलको छपालिमा अस्थायी प्रहरी पोष्ट स्थापना 

प्रेम नेपाली/ डोटी

डोटीको सायल गाउँपालिका वडा नम्बर १ छपालिमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बुधवार एक कार्यक्रमका बिच अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको हो । भौगोलिक हिसाबले जिल्ला सदरमुकाम बाट टाढा रहेको बझाङ र बैतडीको सिमानामा पर्ने डोटीको छपालीमा धेरै लामो प्रयास पछि अस्थायी प्रहरी चौकी स्थापना गरिएको सायल गाउँपालिका अध्यक्ष तेज बहादुर डुम्रेलले बताउनु भयो । वडामा शान्ति सुरक्षा कायम हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Sayalb

सुरक्षाको हिसाबले संबेदनसिल मानिएको वडा भएको हुदा सोही कुरालाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शुनिल खनालले बताउनुभयो । आगामी दिनमा उक्त प्रहरी पोस्टका प्रहरीले दत्तचित्त भएर निष्पक्ष रुपमा काम गर्नुपर्ने बताउनु भयो । प्रहरी चौकी स्थापनाको लागि सरोकारवाला ब्यक्तिहरुले पहिले देखि नै पहल गरेको भएपनी विभिन्न समस्या तथा चुनौतिका बाफजुत ढिलो भएपनी आफुहरु प्रहरी पोस्ट राख्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताउनु भयो । नागरिकको माग पुरा भएको बताउदैँ प्रहरी पोस्ट स्थापना गर्ने कार्यमा सहयोग गर्नुहुने सम्पुर्णलाई गाउँपालिकाका उपाध्यक्ष बिस्ना देवि सिंहले धन्यवाद ब्यक्त गर्नुभयो ।

प्रहरी पोस्ट स्थापना गर्न भन्दै सबैलाई हारगुहार गरि उक्त कुरा सफल भएकोले प्रहरी पोस्ट ल्याउन योगदान गर्नुहुने गाउँपालिकाको टिम, जिल्ला प्रहरी कार्यलय, जिल्ला प्रशासन कार्यालय तथा राजनीतिक पार्टिका नेताहरुलाई वडा अध्यक्ष हिरा बहादुर थापाले धन्यवाद दिनु भयो ।

अव वडामा शान्ति सुरक्षा अमन चयनमा प्रहरी चौकीले महत्वपर्ण भुमिका खेल्नेमा आफु विश्वस्त रहेको र नागरिकबाट हुने सहयोग प्रहरीलाई सदैब हुने नेकपा एमाले डोटी जिल्ला कमीटी सदस्य धन बहादुर नेपालीले बताउनु भयो ।

Shaileshwori
Loading...