पुर्विचौकी गाउँपालिकाले आन्तरिक मुल्यांकका आधारमा परिक्षा गर्ने

डोटी : डोटीको पुर्विचौकी गाउँपालिकाले कक्षा १ देखि कक्षा ९ को वार्षीक परिक्षा आन्तरिक मुल्यांकबाट गर्ने भएको छ । बैशाख २६ गते बसेको शिक्षा समितिको बैठक र जेठ ११ गते भएको अध्यक्ष स्तरको छलफलले उक्त निर्णय गरेको हो । कक्षा १ देखि ७ र कक्षा ९ को वार्षीक परिक्षा, प्रथम तथा दोस्रो त्रैमार्शिक परिक्षा र निरन्तर विद्याथीको मूल्यांकनको आधारमा गरिने भएको छ ।

Sayalb

त्यस्तै कक्षा ८ को वार्षिक परिक्षा, प्रथम तथा दोस्रो त्रैमार्शिक परिक्षाका आधारमा ४० प्रतिशत, प्रयोगात्मक तथा परियोजना कार्यबाट २५ प्रतिशत, कक्षा उपश्थिति तथा नियमितताका आधारमा १५ प्रतिशत, कक्षा कार्य तथा गृह कार्यका आधारमा १५ प्रतिशत र अनुशासनको आधारमा ५ प्रतिशत दिईने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखा निमित्त प्रमुख चक्र बहादुर कुञ्जेडाले बताउनु भयो ।

Shaileshwori
Loading...