चवरा चौतारामा महिनावारी स्वच्छता व्यवस्थापन दिवस मनाईयो

डोटी : ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (आरभिडब्ल्युआरएमपी) ले महिनावारी स्वच्छता व्यवस्थापन दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । हरेक वर्षको मे २८ मा मनाईने दिवस सरसफाई तथा खाने पानिको क्षेत्रमा कार्य गरिरहेको संस्था ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले बोगटान फुड्सिल गाउँपालिका ७ चवरा चौताराको विजालामा सम्पन्न गरेको हो ।

दिवसका अवसरमा खानेपानि योजनाको अन्तरक्रिया, स्वास्थ्य सरसफाई सामाग्री वितरण, आईसोलेसनमा बसेकालाई स्वास्थ्य सरसफाई सामाग्री वितरण, महिनावारी स्वच्छता सम्बन्धि फ्यास प्रिन्ट टास्ने र सामुदायिक रेडियो त्रिवेणी एफएम बाट रेडियो अन्तरक्रिया कार्यक्रम गरिएको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक गिता जिसीले जानकारी दिनुभयो । जम्मा ५२ जनालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

Sayalb

कार्यक्रमको व्यवस्थापन जलस्रोत अधिकृत सुनिल विश्वकर्माले गर्नुभएको थियो भने सहजिकरण फिल्ड संयोजक गिता जिसीले गर्नु भएको थियो ।

Shaileshwori
Loading...