प्रिय गणतन्त्र

प्रिय गणतन्त्र

माफ गर प्रिय
तिम्रो जन्मोत्सव
मलाई नियाउरो र अमिलो
लाग्न थालेको छ,
मेरो उत्साहमा अप्रत्याशित
परिवर्तन आउन थालेको छ,
तिमी लाई,
शुभकामना र
बधाई दिन
मलाई सकस परेको छ ,

bhukampa

थुप्रै तकलिफ, थुप्रै कष्ट
र पिडावोधले
धैर्यतामा ह्रास आउन थालेको छ ,
अनगन्ती सुन्दर सपना,
अनि वास्तविक परिकल्पना
र महान लक्ष्यका खातिर
महासागरका ज्वारभाटाहरु,
को सामना गर्दै,
तिम्रो स्वागतमा
करौडौं नयनहरुले
प्रतिक्षा गरिरहेको
त्यो क्षण,
जब तिमी अंकुरित भयौ,
खुशीले गदगद मनहरु
आज निराश भएका छन,
रातो जलको सिचाई अनि
हजारौं उत्साहित मनहरूको
आहुती,
हजारौ शरीरको अवसान अनि
थुप्रै सिन्दुरहरुलाई नष्ट गरेर
तिमी फक्रिन सकेनौ,
फुल्न सकेनौ,
सहरका गल्ली र
गाउँ बस्तिमा गर्वले
हिँडन सकिनौ,
बास्तवमा
आज तिमी दुर्गन्धित भएकी छौ,
मलाई थाहा छ
त्यो पिडाको अनुभूति
तिमीलाई पनि छ,
यो दोष न तिम्रो हो ,
न दोष प्रकृतिको ,
यहाँ त दोष प्रवृत्तिको हो,
त्यो प्रवृत्ति जसले
सुन्दर सपनाको हत्या
निर्ममतापुर्वक भएको छ,
तिमी फुल्नु भन्दा
पहिले चिमोठियौ,
फक्रिनु भन्दा
पहिले निमोठियौ,
सबै पातहरू झरे
सम्पुर्ण फुलहरु मरे
तिमिलाई जानेरै
दुर्गन्धित स्थानमा
मिल्काईयो ,
जिउदै शरिरमा आगो
सल्कायो,
तिमी अहिले मृत सय्यामा
छटपटाई रहेकी छौ,
त्यसैले
प्रिय
तिम्रो जन्मोत्सवमा
बधाई दिन
मलाई सकस परेको छ
मलाई बिश्वास छ,
निकट भविष्यमै
तिमी फुल्ने छौ,
समग्ररुपमा फल्ने छौ,
र फक्रिने छौ,
तथा सुगन्धित भएर
समग्र विश्वमामा सुवास छर्ने छौ

लेखक केशवनाथ योगी ‘एकान्त’ राष्ट्रिय जनमोर्चा डोटीका सचिब हुन ।

Shaileshwori
Loading...