कोभिड र ननकोभिड बिरामीका लागि सुदूरपश्चिमभर फोनमार्फत निःशुल्क परामर्श

तेजु ओली

धनगढीको कैलाली अस्पतालमा फिजियोथेरापी बिभाग प्रमुख रहेका डा। सुरेन्द्र ऐरको नेतृत्व र “म बाँच्छु अनि बचाउँछु अभियान” को समन्वयमा कोभिड र ननकोभिडका बिरामीहरुले फोन मार्फत स्वास्थ्य परामर्श सेवा लिन सक्ने भएका छन् ।केही सकारात्मक सोच,उर्जा भएका युवामार्फत संचालित “म बाच्छु अनि बचाउछु” अभियानले कोभिड(ज्ञढ को विषम परिस्थितिमा जुनसुकै सहयोगको९एम्बुलेन्स, राहत,डा।परामर्श,रगत,विद्यार्थीका समस्या० आवश्यकता भएका मानिसहरूलाई केही समय यता सहयोग गर्दै आइरहेका छ। अहिले यहि सन्दर्भमा सुदुर पश्चिम भरी विभिन्न ठाउँमा युवाहरुको संन्जाल बनाएर काम गरिरहेको छ।
कोभिड संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि र कोभिड सङ्क्रमण नभएका अन्य बिरामीहरुलाई विशेषज्ञ डाक्टर मार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ चिकित्सकहरुलाई फोन सम्पर्क गर्न सकिने बताइएको छ। कोभिड भएर घरमा बस्नु भएका बिरामीहरुले निम्न बमोजिम समयमा उल्लेखित चिकित्सकलाई सम्पर्क गरेर परामर्श लिन सक्ने र कोभिड महामारीको डरले अस्पताल आउन नसक्ने अन्य जोसुकै बिरामीहरुले पनि परामर्श लिन सक्ने डा। सुरेन्द्र ऐरले बताउनु भएको छ ।
पछिल्लो समय कोरोना भाइरसका कारण धेरै मानिसहरू प्रभावित भएका छन । हामी धेरै जसो मानिसहरू कोरोना भाइरस बाट मानसिक रुपमा डराएका छौ त कत्ती कोरोना संक्रमण बाट गुज्रिएका पनि छौ। यसै असहज परिस्थितिको सामना गर्नको लागि हामीले स्वास्थ्यकर्मीहरुबाट उचित सल्लाह लिन आवश्यक हुन्छ। त्यसै कुरालाई मध्यनजर गर्दै डा। सुरेन्द्र ऐरको नेतृत्व र “म बाँच्छु अनि बचाउँछु अभियान” को समन्वयमा सुदुरपश्चिम भरी विषेशज्ञ चिकित्सहरुबाट निशुल्क स्वास्थ्य परामर्श सेवा संचालनमा आएको हो। सम्पुर्ण बिरामीहरुले सेवा लिनको लागि आवस्यकता अनुसार तोकिएको समयमा निम्न विशेषज्ञहरु सङ्ग सम्पर्क गर्नुसक्नुहुनेछ।
