तस्बिरमा तामागिरी मालिका
तस्बिर : अस्मिता खड्का

बझाङ र डाेटि जिल्लामै प्रसिद्ध धार्मिक अास्थाकाे धराेहर बझाङ र डाेटिकाे सिमाना सायल गाउँपालिका र थलारा गाउँपालिकाकाे तामागिरि डाडामा अबस्थित मालिका मन्दिरमा श्रावण शुक्ल चतुर्दशिकाे दिन मेला लाग्ने गर्दछ । साथै साेहि स्थानमा चैते दशैकाे अष्टमि र असाेज कार्तिकमा पर्ने दशैकाे अष्टमिमा पनि पुजा अाजा हुने गर्दछ । तर यसपटक श्रावण १८ गते मेला भयकाे थियाे । मेलामा १५०० देखि २००० जति धार्मिक अास्थामान ब्यक्ति हरु त्याहा उपस्थित हुने गर्दछन । प्रचार प्रसारकाे कमि रहेकाे तामागिरि मालिका डाडामा डाेटि र बझाङका धार्मिक धर्मावलम्बीले पुजा अाजा गर्ने गर्दछन ।

बझाङका बस्तिका पुजारी मन्दिर भित्रकाे पुजाअाजा गर्छन भने डाेटि ताेलेनिका पुजारी बाहिर हबन । २७०० मिटर अग्लाे उक्त मालिका स्थानमा पुग्न धेरै कठिनाई भयपनि उक्त मन्दिरकाे दर्शन पछि निसन्तनकाे सन्तान हुने , राेग हरु निकाे हुने र मागेकाे वर पूरा हुने धार्मिक जन बिश्वासका कारण धेरैजसाे ब्यक्ति हरु त्याहा जाने गरेका छन् । प्रचार प्रसार र पुर्वाधारकाे कमिले बाटाेघाटाे नहुदा दर्शनार्थीलाई समस्या रहेकाे छ । राज्यकाे ध्यानाकर्षण हुन जरुरि छ भने पर्यटनको हिसावले पनि डाेटि जिल्लामै महत्त्वपूर्ण गन्तव्य तामागिरि मालिका डाडा बन्न सक्छ । जसबाट डडेल्धुरा , बैतडी , बझाङ र डाेटिका अधिकाश स्थानहरुकाे सजिलै अबलाेकन गर्न सकिन्छ ।
साेहि दिन बडीमलिका र बुढिनन्दा बाजुरा र सुर्मा सराेबर बझाङमा पनि मेला लाग्ने गर्दछ ।
