शहर आएपछि ………….
टेक बिवस साउद


एउटा सानो सपना बोकेर गाउँबाट शहर आए । शहरमा पसे पछि बिस्तारै यहाको परिवेशमा घुलमिल हुदै गए । जिवनको अर्थ के रहेछ बिस्तारै बुझे । यहाँका मानिसको चालचलन, बोलिचालि, हिडाई, डुलाई मेरो भन्दा हरेक मान्छेको फरक देखिन्थ्यो । मलाई जिन्दगी भनेको पढेर रोजीरोटि गर्नु बाहेक अरु केहि होईन जस्तो लाग्थ्यो । मैले यहाँ हिडडुल गर्दा देखेका हरेक मान्छेको जिवन शैली फरक लाग्यो । म सोच्थे मैले पनि यिनिहरु जस्तै बन्नुपर्छ । मैले पनि शहरका मान्छेको जस्तो जिवन बिताउनु पर्छ ।
अब मैले गाउँबाट शहर बस्नुपर्छ भन्ने मेरो मनमा कताकता लागि रहन्थ्यो । मैले बिताएको जिवन मलाई फिक्का लाग्न थाल््यो, म बाटोमा हिड्दा गाडि देख्थे मलाई पनि गाडि चढ्ने मन लागथ्यो । यसरि हरेक ठाउँमा जादा तिनिहरुको गतिविधि गरु जस्तै गरु लागथ्यो । एउटा सानो सपना बाकेर आएको आखिर मानसपटमा किन अनगिन्ती बिचारहरु मेरो मनमा आए, गाउँबाट शहर आउदा बाकेर आएको सपना पनि मलाई फिक्का लाग्न थाल्यो जिवनको लक्ष्य के हुने ?
कुन बाटोमा जाने भन्ने कुरामा अन्यौल भए । हरेक पल्ट जिवनको परिभाषा खोज्न थाले । आखिर मलाई किन यस्तो भइरहेको छ । मलाई थाहा थिएन । यसरि मनमा अनेक किसिमका बिचार हप्तौं पिच्छे फेरिदै गए । बजारको यो बाताबरणले मेरो बिचार, सपना फेरिए, सानो कुरामा रमाउने म अब नसक्ने भए ।
गाउँबाट शहर आउदा बाकेर ल्याएको बिचार, सपना, खुसि आखिर अहिले शहर आएपछि फेरिदै गएको छ । गाउँमा उति रमाउने तर यहाँ प्रत्येक दिन तड्पि तड्पि बाच्न बिवश छु । शहर आएको पनि बर्षौ भयो, पढाइ पनि बिस्तारै बढ्दै गयो ज्ञान पनि बढ्दै गयो, तर लक्ष्य खुम्चिदै गयो । सोच ठुलो हुन थाल्यो दिनकै नयाँ नयाँ सपनाहरुले जेल्न थाले । मैले आफले आफुलाई चिन्ने भैसकेको थिए । लगभग आफुले गर्न सक्ने कामको मलाई जानकारी हुदै गयो । सपना देख्ने बानिले मलाई मेरो औकात पुष्ट्याई दियो । मैले जिवनमा के गर्नु पर्छ भन्ने कुरामा लगभग म छर्लङ्ग भैसकेको छ ।
उमेरले मलाई वयस्कमा पुर्याउदै गर्दा मेरो जिम्मेवारी पनि मलाई बोध हुन थाल्ेको छ । अब मलाई पहिलेको जसरी ति अनगिन्ती बिचारहरुले सजिलै छुन नसक्ने भएको छ । अब मैले आफ्नौ हैसियत भन्दा माथिको सपना देख्न छाडिसकेको छु ।
मलाई परिस्थितिले मेरो कर्तब्य बोध गराई दिएको छ । मलाई मैले गाउँबाट आउदा बोकेको लक्ष्य ठुलो लाग्न थालेको छ । म त्यहि लक्ष्य पुरा गर्न गन्तव्य तिर लम्किरहे, अब मलाई शहरका रहरले सजिलै नछुने भयो । उ बेलाका अनेक शहरका रहरले मलाई केहि लागेनन्, शहरका रहर रहरमा मात्रै सिमित भए ।……………….
