डोटीमा अज्ञात समुहद्धारा जेसिबि आगजनी

डोटी : डोटीको बडीकेदार गाउँपालिकाको देउलि–रिसेडी सडकको काम गरिरहेको जेसिबिमा अज्ञात समुहद्धारा आगजनी भएको छ । सोमवार राति करिव १२ बजेतिर मिलन कन्ट्रक्सनको बा २ क ८५२१ नम्बरको जेसिबिमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । जेसिबि पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सुचना अधिकारी रविन्द्र चन्दका अनुसार जेसिबि चालक भरत बहादुर बमले जेसिबिमा आगजनी भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय बिपिनगरका प्रहरी निरिक्षक मोहन साउदको प्रहरी टोली घटना स्थलमा पुगेको हो । जेसिबि कसले र किन जलाएको हो केही पत्ता नलागेको र अनुसन्धान जारी राखिएको प्रहरीले बताएको छ ।

Shaileshwori
Loading...