नक्कली अध्यायन अनुमती पत्र भएका शिक्षक अख्तियारको फन्दामा

कञ्चनपुर, साउन ३०

Sayalb

कञ्चनपुरमा नक्कली स्थायी अध्यायन अनुमती पत्र लिइ शिक्षण पेशमा सँलग्न शिक्षक बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा भ्रष्टचारको मुद्धा दाएर गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा आधारभूत विद्यालयमा कार्यरत शिक्षक मिरा रानाले झुठ्ठा स्थायी अध्यापन अनुमती पत्र लिएर सरकारी सेवाको लाभ र सुविधा लिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनले प्राथमिक तह राहत अनुदान कोटामा नियुक्ती लिई सुविधा समेत लिएको देखिएको भन्दै प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १० अनुसारको भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

Shaileshwori
Loading...