मानव अधिकारको लागि महिला एकल महिला समुहको त्रैमासिक अन्तक्रिया कार्यक्रम सम्पन्न

तेजु ओली/डोटीः मानव अधिकारको लागि महिला एकल महिला समुहको त्रैमासिक अन्तक्रिया सम्पन्न भएको छ ।
आज जिल्ला सदरमुकाम सिलगढीमा जिल्लाका पत्रकारहरु संग अन्तक्रिया गरि कार्यक्रम सम्पन्न भएको हो ।

समाजमा पछी परेका समिान्तकृत एकल महिलाको क्षमता विकास तथा नेतृत्व विकास गर्ने मूख्य उद्देश्यले संस्थाले गरेको भुमिका तथा अन्य समसामयिक विषयमा छलफल भएको थियो ।

Sayalb

मानव अधिकारको लागि महिला एकल महिला समुह (WHR) सिलगडी को आयोजना र ओमनकाइन्ड वल्डवाइडले सहयोगमा उक्त कार्यक्रम गरिएको थियो।

 डोटी जिल्लामा कोरना नियन्त्रण का लागी गरको लगडाउनके एकल हिलाला हरुले काम गर्न नपाएका र दैनिक जिबिका चलाउन समेत अपठ्यारो भएको मानवअधिकारको लागि महिला एकल महिला डोटीका संयोजक लक्ष्मी देउवा बमले बताउनुभयो ।

संस्था को कार्य क्षेत्र रहेको पुर्बीचौकी गाउँ पालिका र दिपायल सिलगढि नगरपालिका मा एकल महिलाको तथ्याङ्क लिएर काम गरिरहेको छ । पुर्बी चौकी गाउँ पालिका मा १ हजर ६८ जना र दिपायल सिलगढी नगरपालिका मा १ हजार १ सय ६५ जना ६० बर्ष सम्मका रहेको संस्था को तथ्याङ्क छ ।

पत्रकार ले महिलाको क्षमता अभिबृद्दी गर्नको लागि विशेष जोड दिनु पर्ने, स्थानीय तहहरुले महिला लक्षित मात्र नभएर एकल महिला लाइ प्रथमिकता दिएर काम गर्नु पर्ने बताए।

कार्यक्रम लागू भएका स्थानीय तहका सबै वडामा समूह गठन गरि काम गरिरहेको छ।आगामी दिनमा एकल महिला, महिला हिंसा, घरेलु हिंसा, बालविवाह जस्ता समुदायमा घट्ने घटनाहरूलाई घटन नदिन सबै संग समन्वय गरेर जाने संयोजक देउवा ले बताउनुभयो ।

Shaileshwori
Loading...