डोटी जिल्लामा देउडा प्रतिष्ठान तदर्थ समिति गठन

तेजु ओली/ डोटी
भाषा, साहित्य कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो भन्ने मूल नाराका साथ डोटी जिल्लामा देउडा प्रतिष्ठान तदर्थ समिति गठन भएको छ । कला, संस्कृतिमा सबैको पहुँच तथा ध्यान नपुग्दा विस्तारै हराउदैँ गएको अवस्था आइतवार दिपायल पिपल्ला स्थित होटल सत्कारमा सेर बहादुर साउदको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।

उपाध्यक्षमा देवि खड्का, सचिवमा दिपक बहादुर खाति, कोषाध्यक्षमा शेर बहादुर बिष्ट र सदस्यहररु मानमति शाही, कृष्ण बहादुर सुनार, केशवराज फुलारा र दल बहादुर भण्डारी चयन भएका छन् । त्यस्तै पाँच सदस्यीय सल्लाहकार समिती पनि गठन गरिएको छ । सल्लाहकारहरुमा राम बहादुर रावल, गाङ्गि बलायर, लोकेन्द्र बहादुर कठायत, पदम कार्की र तेजबहादुर डुम्रेल रहेका छन् ।

Sayalb

डोटेली कला संस्कृतिमाथि विभिन्न प्रभावहरु पर्न थालेको स्मरण गराउदैँ यस्तो हुनु सकारात्मक संकेत नभएको प्रतिष्ठानका केन्द्रिय सल्लाहकार हेमन्त (विवश) ले बताउनुभयो । उहाँले सबैलाई आ–आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्नुुपर्ने बताउनुभयो । नागरिकले कला संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्न खोज्दा विभिन्न चुनौतीको सामना गर्नु पर्ने भएकाले साझा ढंगले सामना गर्न कार्यक्रमका सहभागीहरुले आह्वान गरेका छन् ।

आफ्नो भाषा, कला, साहित्य र संस्कृतिको संरक्षणमा लाग्ने नव गठित प्रतिष्ठानका जिल्ला संयोजक सेर बहादुर साउदले बताउनुभयो । देउडा प्रतिष्ठानका केन्द्रिय सल्लाहकार हेमन्त (विवश) को प्रमुख आथित्यततामा सम्पन्न भएको कार्यक्रममा डेउडा संस्कृति तथा डोटेली भाषा प्रेमीको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...